‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त” जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान अभियन्ताका युगपुरुष हुन् । राजनीतिक आकाशका प्रतिभावान मदन भण्डारी सर्वमान्य विकल्प खोजी गर्ने कर्मठ परिवर्तन – क्रान्तिद्योतक मार्गदर्शक व्यक्तित्व हुन् ।
मदन भण्डारी एउटा सामान्य व्यक्ति भन्दा पनि धेरै एउटा विचारक हो, देशको स्वभिमानलाई उच्च राख्न देशभक्ति निस्वार्थ स्वतन्त्रताको लडाईका एक वीरपुरुष हुन । नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय राजनेता मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजान्त्रीकरणका नायक जनाताको वहुदलीय जनवादका नवीन विचारक मदन नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान राष्ट्रप्रेमि गौरवशाली नयन हुन् । ख्यातिको हिसावले नेपालको राजनीतिक इतिहासमा मात्रै नभई विश्व राजनीतिक इतिहासमा समेत मुल्याङ्कन गर्दा नयाँ आयम थप्ने नेताको रुपमा प्रस्तुत भएका थिए । नेकपा (एमाले) को नवौ महाधिवेशनले जवजलाई अझ थप मार्गदर्शक सिद्धान्तमा रुपमा आत्मसाथ गर्दै अगाडि बढेको छ । एमालेकै केही नेतृत्वबाट नै बहुदलीय जनवादलाई बंग्याउने वा अपव्याख्या गर्ने प्रयत्नहरु प्रशस्त देखिएका छन । जबज कसै कसैले भने जस्तो कार्यनीतिक विचार होइन । यो रणनीतिक लक्ष्य र कार्यक्रम सहितको मार्गदर्शक सिद्धान्त हो । कतिपयले जनताको बहुदलीय जनवादरुपी छाताको ओतमा छहारी लिँदै आत्मकेन्द्रित त्रुटिपूर्ण दृष्टिकोणको भ्रमरुपी गतिविधिले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जवजलाई उग्रवामपन्थतासंग जोड्न खोज्जे केही एमालेका नेतृत्वको प्रवित्ति गलत भएको देखिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता मदन भण्डारीको मंगलवार ६५ औँ जन्म जयन्तीको अबसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाइरहदाँ उहाँको विचारलार्ई नयाँ सन्र्दभमा अगाडि बढाउन सकियो भने मात्र उहाँप्रति सच्चा सम्मान र श्रद्धान्जली दिनुको सार्थकता हुने देखिएको छ ।








